नियम
औषधि आदिको खर्च

सैनिक अस्पतालमा भएको औषधी खर्च र सरसामानहरूको प्रयोग देहाय बमोजिम हुनेछः–

(१) बाहिनी वा युनिटहरूको लागि कुन–कुन औषधी सरसामानहरू के कति चाहिने हो उप–स्वास्थ्य सेवाधिकृत र सहायक आरोग्याधिकृतले निर्धारित गरी तोकिएको तरीकाले सैनिक स्वास्थ्य सेवा निर्देशकमा माग पेश गर्नु पर्छ । सैनिक स्वास्थ्य सेवा निर्देशकले सो माग उपर विचार गरी बाहिनी तथा युनिटहरूको लागि ६ महीनाको अवधि भरको लागि औषधी आदि वितरण गर्ने ओ. सी. मेडिकल स्टोरलाई आदेश दिनेछ ।

तर सैनिक अस्पतालको विभिन्न विभाग र एम. आई. रुमहरूको हकमा एक–एक महीनाको अवधि भरको लागि सैनिक स्वास्थ्य सेवा निर्देशकले आदेश दिनेछ ।

(२) उप–नियम (१) बमोजिम वितरण हुने औषधी र सरसामानहरू खर्च हुने जति हस्तेवारी र खर्च नहुने जति जिम्मेवारीमा दिइनेछ ।

(३) बाहिनी युनिट र सि. ओ. सैनिक अस्पतालले औषधी र सरसामानको आम्दानी खर्चको विवरण प्रत्येक महीनाको पहिलो हप्ताभित्र सैनिक स्वास्थ्य सेवा निर्देशक कहाँ पठाउनु पर्नेछ ।